Our Network

वैशाख ९ २०७८, बिहीबार

सन्दिप सम्मिलित सिपिएल मंगलबारबाट सुरु हुँदै

काठमाडौं, १ भदौ । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग सिपिएल मंगलबारबाट सुरु हुँदैछ । मंगलबारबाट सुरु हुने क्यारेवियन प्रिमियर लिग अन्तर्गत पहिलो दिन दुई खेल हुनेछन । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्स विच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल बारबाडोस र सेन्ट किट्सविच हुनेछ । पहिलो खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट तथा दोस्रो खेल विहान सवा तीन बजेबाट सुरु हुनेछ । सन्दिपको टिम जमैकाको खेल भने बुधबार रहेको छ । बुधबारको पहिलो खेलमा जमैकाले सेन्ट लुसियासँग खेल्नेछ । उक्त नेपाली समय अनुसार पौने आठ बजेबाट सुरु हुनेछ ।

सन्दिपले क्यारेवियन प्रिमियर लिग खेल्न लागेको यो लगातार तेस्रो सिजन हो उनले पहिलो सिजनमा सेन्ट किट्सबाट तथा दोस्रो सिजनमा र्बाबाडोसबाट खेलेका थिए । यो सिजनमा सन्दिप ९० हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । सिपीएलका लागि सन्दिप जुलाई ३० ताखिरमा वेष्ट इन्डिज उडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *