उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटीलाई र उल्भरह्याम्पटनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, ५ असाेज । इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटीले उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले यो सिजनमा पहिलो खेल उल्भ्ससँग खेल्न लागेको हो । सिटी र उल्भ्सबिचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

उल्भ्सको मैदानमा सिटी जित हात पारेर सुखद सुरुवात गर्ने दाउमा रहेको छ । गत सिजन दोस्रो स्थानमा रहेको सिटी यस सिजन भने उपाधि उचाल्ने योजनामा छ । सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको उल्भ्स पनि लगातार दोस्रो खेल जित्ने दाउमा हुनेछ ।

पहिलो खेलमा उल्भ्सले सेफिल्डलाई २–० गोल अन्तरले हराएको थियो । आजै प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ । सिजनको पहिलो खेलमा एस्टन सेफिल्डलाई हराएर सुखद सुरुवात गर्ने दाउमा छ । पहिलो खेलमा पराजित सेफिल्ड पनि पहिलो अंक जोड्ने दाउमा छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);