नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक मंगलबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक मंगलबार बस्दै

काठमाडौं, ५ असोज । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक मंगलबार बस्दैछ । चितवनमा हुने बोर्ड बैठकमा आर्थिक वर्ष २०७१–०७२ देखि २०७६–७७ सम्मको अडिट रिपोर्ट पेस हुने छ । यसैगरी सन् २०२० का लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौताको विषयलाई अन्तिमरुप दिइने जनाइएको छ ।

यसैगरी अन्तराष्ट्रिय क्रिकेट काउन्सील आइसिसीको निलम्बनमा रहेकोबेला भएका क्यानको आर्थिक गतिविधिलाई अनुमोदन गर्ने र अबको रणनीतिका विषयमा ठोस निर्णय यहि बोर्ड बैठकबाट गर्ने बताइएको छ । यसैगरी असोज मसान्तभित्र क्यानको वार्षिक साधारणसभा गर्न मिति पनि बैठकले तोक्ने भएको छ । कोरोना महामारीका कारण वोर्ड बैठक बस्ने सकेको थिएन । यसबीचमा भर्चुअल बैठक भने भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);