नवनिर्वाचित क्यान कार्यसमितिको पहिलो बोर्ड बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

नवनिर्वाचित क्यान कार्यसमितिको पहिलो बोर्ड बैठक आज बस्दै

CAN nepal

काठमाडौं, ३ कात्तिक । नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितिको पहिलो बोर्ड बैठक आज काठमाडौंको मुलपानीमा बस्ने भएको छ । संघको कार्यालयमा बस्न लागेको बोर्ड बैठक दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।

आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गर्ने बताएपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो । आजको बैठकमा जिल्ला प्रदेश र केन्द्रको प्रशासनिक संरचना कसरी बनाउने भन्ने विषयमा पनि सामान्य छलफल हुनेछ । त्यस्तै बैठकमा कप्तान पारस खड्काको राजिनामाका साथै अब चाँडो भन्दा चाँडो कसरी क्यानको निलम्बन फुकुवा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसका साथै बैठकमा आगामी दिनमा कसरी अगाडी बढ्ने भनेर कार्ययोजनाका विषयमा पनि सामान्य छलफल हुने र नोभेम्बरको पहिलो साता नेपाल आउने आइसीसीका प्रतिनिधीसँगको छलफलका विषयमा पनि छलफल हुनेछ ।