महिला फ्रेन्चाइज क्रिकेट लिग डब्लुसीएलको प्ले अफमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

महिला फ्रेन्चाइज क्रिकेट लिग डब्लुसीएलको प्ले अफमा प्रवेश

mahila chitawan

काठमाडौं, २ कात्तिक । चितवन राईनोज राजधानीमा जारी महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग डब्लुसीएलको प्ले अफमा प्रवेश गरेको छ । शनिबार किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो ।

पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै, कन्चन श्रेष्ठले २९ तथा कप्तान इन्दु बर्माले २४ रन बनाईन् । पोखराकी अन्जली चन्दले २ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान सिता राना मगरले अर्धशतकीय इनिङस खेलिन् । सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको योगदान गरिन । जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ । पोखराको भने यो लगातार तेस्रो हार हो । पोखराले अंक जोड्न सकेको छैन । लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै, दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);