एमालेको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबार बिहान ११ बजे एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले गएको सोमबार प्रतिनिधि सभा पुनस्थापान गरेपछि आज अपरान्ह ४ बजे पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि बस्न लागेको एमालेको स्थायी कमिटी बैठकमा पार्टी प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

गएको शुक्रबार पनि एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र एमालेभित्रको समस्या समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटनको निर्णय गरेको थियो ।

त्यसैगरी एमालले सोमबारका लागि केन्द्रीय कमिटीको बैठकको पनि आह्वान गरेको छ ।

कार्यदलका नेता माधव कुमार नेपाल पक्षका सदस्यहरुले भने बैठक रोक्न माग गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);