एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन पारित

ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

सोमबार दिउँसो ३ बजे नै केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ ।

एमाले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने तयारी गरेको छ । स्थायी कमिटीले पारित गरेको दस्तावेज केन्द्रीय कमिटीमा लगिने छ ।

बैठकमा नेता नेपाल पक्ष भने उपस्थित भएका छैनन् । एमालेको विवाद समाधानका लागि भन्दै नेपाल पक्षका नेताहरुले बैठक रोक्न आग्रह गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार बोलाएको बैठक सोमबार सम्मका लागि सारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);