एमालेकाे स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडाैं । प्रमुख विपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न एमालेले स्थायी कमिटी बैठक आब्हान गरेको हो ।

आगमी असोज ६ र ७ गतेका लागि निर्धारित विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार गरिदैँछ र त्यसमाथि थप छलफल गर्न बैठक बोइएको नेताहरुले जनाएका छन् ।

एमालेले मंसिर १० देखि १२ का लागि महाधिवेशनको मिति समेत तय गरिसकेको छ । आजको स्थायी कमिटी बैठकको निर्णय आगामी आइतबार बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि राजनीतिक प्रतिवेदनलगायत निर्णयको अन्तिम खाका बन्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);