सत्तारुढ दलहरुबीचको सहमतीमामात्रै एमसीसीलाई अघि बढाउन सकिने : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सत्तारुढ दलहरुबीचको सहमतीमामात्रै एमसीसीलाई अघि बढाउन सकिने : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतीमामात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राख्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमती गरेर मात्रै सो सम्झौंतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराउनु भएको हो ।

त्यसक्रममा उहाँले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए ।

करिव ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताउनु भएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);