सत्तारूढ गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे छलफल गर्न विहान ९ बजे बस्ने बैठक बस्न लागेको हो ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेको समयमा सरकारमा सहभागी दलहरुको साझा धारणा बनाउन बैठक बस्न लागेको नेताहरुले जनाएका छन् ।

बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी बारेमा कुनै छलफल हुन नसकेकोले आजको बैठकमा यसबारे छलफल हुने बताइएको छ । बिहीबारको बैठमा बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका कारण यो विषयले प्रवेश पाएको थिएन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);