प्रधानमन्त्रीले डाके गठबन्धन बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीले डाके गठबन्धन बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । 

सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधबार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी भएका छन् । 

यसअघि सोमबार कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेको थियो । अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);