देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशिल रहेको बताउनुभएको छ । उहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताउनु भयो । उहाँकाअनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारले नयाँ शुरुवातको संकेत दिन खोजिरहेको बताउनु भयो । वाग्लेले विगतमा गल्तीहरू भएका भए ती गल्तीहरूलाई प्रश्रय नदिन निजी क्षेत्रलाई आह्वान समेत गर्नुभयो । उहाँले अपराधीहरूको बचाउने प्रयास नगर्न चेतावनी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका केही आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशंका गरेपनि त्यस्तो नरहेको बताउनु भयो । उहाँकाअनुसार रास्वपा सरकारले ‘फोहोर सफा’ गर्दैछ । त्यो फोहोर विवेक पु¥याएर सावधानीपूर्वक गर्न लागिएको उहाँले बताउनु भयो । रास्वपा पार्टी सभापति रवि लामिछानेको भनाइ यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने बताउनु भयो । नेपालमा ऐन कानूनले गर्दा धेरै दुख पाएको व्यवसायीले बताएको सुनाउँदै उहाँले त्यस्ता ऐन कानूनहरु सुधारको बाटोमा सरकार अघि बढेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले निजी क्षेत्र इमानदारिताको जगमा उभिएर फस्टाउनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ सुशासनप्रति पूर्ण प्रतिवद्ध रहेको बताँदै उहाँले पछिल्लो चार वर्षमा काठमाडौं महानगरमा बालेनको कार्यकाल सम्झनु भयो ।

वाग्लेले बालेन महानगरमा हुँदा अर्बौँको बजेट परिचालन गर्दा पनि अहिलेसम्म उहाँको नाममा एउटै पनि घोटाला नसुनिएको बताए । वर्तमान सरकारको शासनकालमा यही मानक स्थापित गराउने वाग्लले बताउनु भयो ।  वाग्लेले निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरणमा वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । प्रवासी, विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गरेर मुलुकमा लगानी बढाइने उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले आगामी बजेटमा निजी क्षेत्रले उदार अर्थतन्त्रतर्फको प्रष्ट मोडल देख्नु पाउने समेत बताउनु भयो । उहाँकाअनुसार उक्त मोडलमा लगानीलाई प्रोत्साहन गर्नेछ । निजी सम्पतीको सुरक्षा गर्नेछ । करको भारलाई कम झन्झटिलो बनाउनेछ ।

Leave a Reply

ताजा समाचार