प्रधानमन्त्री साहले भेट नदिएको भन्दै दलित समुदायको आक्रोश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

प्रधानमन्त्री साहले भेट नदिएको भन्दै दलित समुदायको आक्रोश

काठमाडौं ।

दलित समूदायले प्रधानमन्त्री बालेन्द्र साहप्रति  आक्रोश व्यक्त गर्दै काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्छ भन्ने माग राख्दै भेटनका लागि प्रयास गर्दा पनि पीडित आफन्तहरुलाई समेत सो अवसर नदिएपछि प्रधानमन्त्री साहको आलोचनासहित प्रदर्शन गरिएको हो ।

प्रधानमन्त्री साहले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्ण विश्वकर्माको आफन्तलाई समेत भेट्न नदिएपछि आफूहरुले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताउनु भयो । उहाँले श्रीकृष्णको प्रहरी चौकीमा हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानविनका लागि पनि सरकारलाई दबाब दिनुभयो । विरोध प्रदर्शनका क्रममा दलीतमाथि हुने सबै प्रकारका हत्या, हिँसा अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

Leave a Reply

ताजा समाचार