महेस बस्नेतको चेतावनी : सरकारले असंवैधानिक र अपराधिक निर्णय गर्यो, अब जनआक्रोश थेग्न मुस्किल हुनेछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

महेस बस्नेतको चेतावनी : सरकारले असंवैधानिक र अपराधिक निर्णय गर्यो, अब जनआक्रोश थेग्न मुस्किल हुनेछ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सनकमा अपराधिक निर्याण गरेको भन्दै आक्रोश जनाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमार्फत आक्रोश व्यक्त गर्दै बस्नेतले यस्तो संबेदनशील आयोग खारेज गर्नु भनेको भूमिहिन दलित, सुकुम्बासीहरुको भविष्य अन्धकार बनाउने षड्यन्त्र रहेको बताएका छन् ।

बस्नेतले लेखेका छन्, ‘संघीय संरचना, प्रदेश सरकारको प्रतिनिधि तथा स्थानीय सरकारको प्रत्यक्ष संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई संबोधन गर्न गठित यस्तो संबेदनशील आयोग खारेज गर्नु भनेको भुमिहिन दलित, सुकुम्बासीहरुको भबिष्य अन्धकार बनाउने षड्यन्त्र हो। ‘

बस्नेतले करिब १४ लाख भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीहरुको भविष्यलाई खेलवाड गर्ने कुरा राजनीतिक बेइमानी तथा नेपाली कांग्रेसको घोषणा पत्रमा गरेको प्रतिबद्धता समेत माथिको कुठाराघात रहेको बताएका छन् ।

उनले १७ हजार जनताको बलिदानबाट प्राप्त लोकतन्त्रका हक्दार ठान्ने माओवादी अध्यक्ष प्रचण्ड र निजको पार्टीको हित विरुद्ध आफ्नै सरकार ढालेर देउबालाई प्रधानमन्त्री बनाउन लाग्ने माधब कुमार नेपालहरुले यस्को उचित जबाफ अनन्तकाल सम्म दिइरहनु पर्नेपनि चेतवानी दिएका छन् ।

बस्नेतले सरकारले तत्काल यो निर्णय नसच्चाए संघर्षको नेतृत्व नेकपा एमालेले गर्ने बताउदै र मुलुक आन्दोलनमय हुने र सरकारलाई जन आक्रोश थेग्न मुस्किल हुने चेतावनी समेत दिएका छन् ।

Leave a Reply