धमाधम करारका कर्मचारी हटाउँदै बर्दिबास नगरपालिका, मेयरकाे आलाेचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धमाधम करारका कर्मचारी हटाउँदै बर्दिबास नगरपालिका, मेयरकाे आलाेचना

महोत्तरी। युगबहादुर खड्काले बर्दिबास नगरपालिकामा जेसिवी अपरेटरको रूपमा काम गरेको ६ वर्ष भयो । करारमा काम गर्दै आएका खड्काको यो जागिर नै सबथोक हो । यसैबाट उनी परिवारका पाँच सदस्यको भरणपोषण बन्दै आएका छन् । तर नवनिर्वाचित नगर प्रमुख प्रल्हाद क्षेत्रीको करारका कर्मचारी खारेज गर्ने निर्णयले खड्का जस्तै एक दर्जन कर्मचारी पीडामा छन् ।

अपरेटर खड्काले १ साउनदेखि नै नगरपालिकामा हाजिर गर्न पाएनन् । ‘नगरका कर्मचारीहरूले केही भनेका छैनन् तर जेसिबीको चाबी भने चार दिन अगाडि नै खोसिएको छ,’ उनले भने ।युगबहादुरको तलबको पर्खाइमा मात्र खाद्यान्न तथा छोराछोरीको पढाइको बिलमा उनकी श्रीमतीले यो महिनामात्र पाँच हजार ऋण गरेकी छन्। ‘सही कार्यसम्पादन गर्दागर्दै बीचमा एउटा केटा आयो अनि मलाई हातपात गर्न खोज्दै अबको पाँच वर्ष मलाई गर्नु भनेको छ भन्दै धम्क्यायो,’ खड्काले गुनासो गरे ।खड्का जस्तै मजदुरीमा काम गर्ने अन्य झण्डै एक दर्जन कर्मचारी छन् । सरसफाइ गर्ने र कार्यालयमा पियनको काम गर्ने अन्य कर्मचारीको पनि खड्काको जस्तै अवस्था छ । विवाहपछि निरु गिरीका श्रीमान् उनलाई छाडेर काठमाडाैं गए । त्यसै समयदेखि निरुको छोराछोरी पढाउन होस् या छोरीलाई उपयुक्त पठनपाठन गराउन होस् नगरको जागिर नै सबथोक हो । तर नगरले निरुलाई पनि १ साउनदेखि हाजिरी हुन दिएन ।

नगरभित्र ६२ जना कर्मचारी करारमा कार्यरत छन् । यिनीहरूमध्ये झण्डै ३० प्रतिशत कर्मचारी माओवादी निकट छन् । घिल्लो स्थानीय सरकारले प्रक्रिया नै नपुर्‍याई आफूअनुकूल निर्णय गरेको नवनिर्वाचित सरकारको आरोप छ ।नेपाली कांग्रेसले उनलाई टिकट नदिई अर्का नेता चिरन्जीवी हमाललाई मेयरकाे टिकट दिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसलगायत अन्य पार्टीको बलमा जितेका नगर प्रमुख क्षेत्रीले स्वतन्त्र जस्तो व्यवहार नगरेको आरोप लागेको छ । कार्यापालिकाको निर्णयमा खर्चको कटौतीलाई कारण देखाउँदै करारका कर्मचारी खारेज गर्ने निर्णय पनि विवादास्पद बनेको छ ।खारेजपछि आफूअनुकूल नगर प्रमुख क्षेत्रीले अन्य कर्मचारी नियुक्त गरे झन् विवाद सिर्जना हुने देखिएको छ ।

‘हामी सय दिनको पर्खाइमा छौं, त्यसपछि एमालेले पनि गलतको कामको खबरदारी गर्नेछ,’ एमालेका स्थानीय नेता किरण बस्नेतले भने ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);