काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गर्नुभएको छ । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित हुनुहुन्छ । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उहाँले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिनुभएको हो । उहाँले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहो¥याउनु भयो ।उहाँले मुलुकका आर्थिक मुद्दाहरुमा प्रधानमन्त्री साहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरुको पछाडि नलाग्न आग्रह गर्नुभयो ।




