सर्वदलीय निर्णय : करारका कर्मचारी हटाउने निर्णय अन्यायपूर्ण र पूर्वाग्राही | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्वदलीय निर्णय : करारका कर्मचारी हटाउने निर्णय अन्यायपूर्ण र पूर्वाग्राही

महोत्तरी। करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुन: स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेकाे बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्याेग बाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाईको रिक्त कार्यसमितिको बिषयमा समेत ध्यानाकर्षण जनाएका छन् । खानेपानी र  उद्याेग बाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका  हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन सयुक्त अनुरोध गरिएको छ। वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको बिषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् ।

कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घतिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रसासनकाे ध्यानाकर्षण गराएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);