भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा मोरङमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा मोरङमा प्रदर्शन

रेवती निरौला,
मोरङ । वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा मोरङको सुन्दरहरैंचामा प्रदर्शन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ सुन्दरहरैंचा नगर कमिटीको आयोजनामा र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो । सुन्दरहरैंचास्थित गछिया बजारमा नेकपा एमाले तथा युवा संघका नेता कार्यकर्ताहरु तथा भूमिहिन सुकुम्बासीहरु समेतको सहभागितामा विरोध प्रदर्शन गरिएको हो ।

“हामीले भूमि कहिले पाउने, सकुम्बासीको भूमिखोस्न पाइँदैन, गरिबमारा सरकार चाहिंदैन”भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागी भएकाहरुले वर्तमान सरकार विरुद्धसमेत नाराबाजी गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका सचिव आनन्द बस्नेतले परमादेशबाट बनेको वर्तमान सरकारले जनादेश विरुद्धको काम गरेको भन्दै तत्काल निर्णय सच्याउन आग्रह गरे ।

यस्तै राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमझीले केपी ओली नेतृत्वको सरकारले भूमिहिनहरुको तथ्यांक संकलन गरी जग्गाधनीपूर्जा वितरण गर्न लाग्दा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आयोग नै खारेज गरेर सर्वहारा भूमिहिनहरु माथि अन्याय गरेकाले सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको जानकारी दिए ।

त्यसैगरी नेकपा एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका प्रसाद ढकालले केपी ओली नेतृत्वको सरकारले भूमिहिनहरुलाई जग्गाधनी पुर्जा वितरण गर्न लाग्दा आयोग खारेज गरेर कांग्रेसले आफ्नो पँुजीवादीचरित्र देखाएको आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);