भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु

काठमाडौं |

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ ।मंगलवार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सो सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिनुभयो । उहाँले गरिव किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पार्नुभयो । प्रदर्शनीमा सरकारविरुद्ध चर्काे नाराबाजी पनि गरिएको थियो ।

Leave a Reply