त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्नुपर्छ : सिपी गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्नुपर्छ : सिपी गजुरेल

त्रिभुवन विश्वविद्यालय सेवा आयोग

काठमाडौं, ८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ ।

संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार अखिल क्रान्तिकारीले सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन धर्नास्थल पुग्नु भएका उहाँले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको दावीसमेत गर्नु भयो ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै गत सोमबारबाट सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो । भर्ना कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);