पाँचथर हत्या काण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाँचथर हत्या काण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिवद्धता

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं, ८ जेठ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गर्नु भएको छ । गृहमन्त्री थापाले सो घटनामा संलग्न नौं जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिनु भयो ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीनै घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भईरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताउनु भयो ।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । नाैं जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);