नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

nekapa baithak

काठमाडौं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । गत असार १० गतेबाट सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलका एजेण्डा रहेको र छलफल जारी रहेकोले बैठक आजपनि बस्न लागेको हो ।

कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यता प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपनि आजै बस्दैछ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बोलाइएको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);