आज संसद दिवस, सभामुख र अध्यक्षद्वारा संयुक्त शुभकामना सन्देश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज संसद दिवस, सभामुख र अध्यक्षद्वारा संयुक्त शुभकामना सन्देश

agni-ganesh

काठमाडौं, १६ असार । संसद दिवस २०७७ को अवसरमा संघीय संसदका दुवै सदनका प्रमुखले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त सन्देश जारी गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज शुभकामना व्यक्त गर्नुभएको हो ।

संयुक्त सन्देशमा भनिएको छ, ‘विगत लामाे समयदेखि लाेकतान्त्रिक परिपाटीकाे स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै विभिन्न संघर्षका क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका याेद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछाैँ ।’

सन्देशमा संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।

विक्रम सम्बत् २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक बर्ष असार १६ गत संसद दिवस मनाउने गरिएको छ ।

samsad diwas

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);