प्रतिनिधि सभामाथि पटक-पटक प्रहारहुँदा संसद र संसदीय शासन प्रणाली संकटमा : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

प्रतिनिधि सभामाथि पटक-पटक प्रहारहुँदा संसद र संसदीय शासन प्रणाली संकटमा : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयनका क्रममा प्रतिनिधि सभामाथि पटक पटक प्रहारहुँदा संसद र संसदीय शासन प्रणाली खतरमा परेको टिप्पणी गरेका छन् ।

बुधबार संसद दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले उक्त टिप्पणी गरेका हुन् । उनले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने सभामुख सापकोटाको विश्वास छ ।

२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);