सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन् ।’

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ ।

एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकोटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);