ओलीको प्रष्टोक्ती, एमालेमा म निर्विकल्प होइन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ओलीको प्रष्टोक्ती, एमालेमा म निर्विकल्प होइन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताएका हुन् ।

तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने ओलाीले बताए । ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे । अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो । अहिलेको अवस्था हेर्दा एमालेमा ओलीको विकल्प भने देखिन्न ।

पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);