माधव समूहका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, भाष्कर काफ्ले निर्वाचन आयोग नै गएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माधव समूहका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, भाष्कर काफ्ले निर्वाचन आयोग नै गएनन्

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन । आयोगमा गत साता बुझाएको सूचीमा हस्ताक्षर गरेका नेताहरुमध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन् ।

नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन । सुरुको सूचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);