रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, एमालेका दुई सय पाँचमध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य खुले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, एमालेका दुई सय पाँचमध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य खुले

काठमाडौं । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ्जुरीनामा पठाए पनि नमान्ने अडान राखिरहेको आयोगले अन्ततः मञ्जुरीनामालाई स्वीकार गर्दै उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको हो ।

खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल समूहमा नेकपा एमालेका दुई सय तीनमध्ये नेपाल समूहमा ५५ जना औपचारिक रुपमा खुलेका छन् । एमाले परित्याग गरेर माधव समुहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन ।

दल दर्ताको निवेदनमा हस्ताक्षर नभएका तर अहिले आयोगमा उपस्थित भएकाहरुको पनि सनाखत हुनु पर्ने विषयमा निर्वाचन आयुक्त र माधवकुमार नेपालबीच छलफल भईरहेको छ । एमाले छाडेर हाल आयोगमा उपस्थित भएको ४ सांसदको सनाखत गर्न नमिल्ने भने पछि सो विषयमा छलफल भईरहेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);