कारबाहीमा परेका नेताहरुको सनाखत नगराउन ओलीको दबाव, निवेदनमा हस्ताक्षर नभएकाको समेत सनाखत गर्न झाँक्रीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कारबाहीमा परेका नेताहरुको सनाखत नगराउन ओलीको दबाव, निवेदनमा हस्ताक्षर नभएकाको समेत सनाखत गर्न झाँक्रीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् । उनले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताएका छन् ।

पार्टी विभाजनपछिको पहिलो पटकको पत्रकार सम्मेलनमा ओलीका तर्फबाट तयार पारिएको अपिल प्रवक्ता प्रदिप ज्ञवालीले पढेर सुनाएका थिए ।

यता निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले भने आज आएर हस्ताक्षर गर्नेलाई समेत दिईनुपर्ने बताएकी छन् । दल दर्ताको प्रक्रियालाई लिएर निर्वाचन आयोगले आफूहरुप्रति पूर्वाग्रह देखाएको आरोप लगाएकी छन् ।

आज आयोगमा आउने जोकोही केन्द्रीय सदस्य वा सांसदको आयोगले सनाखत गर्नुपर्ने उनको भनाइ छ । ‘आज एमालेको १५४ जनाको संसदीय दल वा २०३ जना केन्द्रीय सदस्यहरु जो आएर यता उभिन्छौं, सनाखत गर्नुपर्छ’– झाँक्रीले भनिन् ।

एमालेका मान्छेहरु आयोगमा आएर विभिन्न दबाव दिएको उनको आरोप छ । एमालेमा मर्ज भएको मध्यमार्गी धारको लागि पार्टीको ढोका खुला रहने उनको भनाई छ । वामदेव गौतम एमालेबाट राजीनामा नै दिएर आउने तयारी रहेकाले दल बदलको कानून आकर्षित नहुने झाँक्रीको टिप्पणी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);