नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि तयारी पुरा

काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।

आयोगले दल दर्ताका लागि निवेदन दिएका माधव कुमार नेपालको नेकपा (एकीकृत समाजवादी) र महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको हो ।

आयोगले दुवै दललाई सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म आयोगमा बोलाएको छ । तोकेको समयभित्र परिचय पत्रसहित आयोगमा पुगेर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।

राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु-याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

नेकपा एकिकृत समाजवादी २ दिन देखि चन्द्रागिरीमा बसेर सबै तयारी पुरा गरेर सनाखतका लागि तयारी अवस्थामा छ । यता महन्त ठाकुर पक्षको पनि तयारी पुरा भैसकेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);