चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

काठमाडौंकाे चन्द्रागिरी हिल्स रिसाेर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरुलाई एमाले फर्कन ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रस्टीकरण दिएका हुन् ।

‘ओलीकोसामु घुँडा टेकेर बस्नुपथ्र्याे’, उनले भने, घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नु परेको हो ।’अब आफ्नो पार्टीले अरु वामपन्थी दलहरुसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।

एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरुलाई कार्यालयमा बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);