अष्टलक्ष्मी शाक्य सल्लाहपछि नै मुख्यमन्त्री बन्नु भएको होः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अष्टलक्ष्मी शाक्य सल्लाहपछि नै मुख्यमन्त्री बन्नु भएको होः माधव नेपाल

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगको सल्लाहपछि नै बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।

मंगलबार चन्द्रागिरीमा बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेतृ शाक्य आफ्ना सल्लाहपछि नै मुख्यमन्त्री बनेको बताएका हुन् ।

उनले भने–‘‘उहाँ सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा पर्नु भएको छ । अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो ।’’

शाक्यले २१ दिन भित्र कुन पार्टी रोज्छन् त्यसपछि मात्र आफूहरुले बागमती प्रदेशप्रति धारण बताउने पनि अध्यक्ष नेपालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);