माधव नेपालको रणनीति : पाण्डे बागमतीको मुख्यमन्त्री, तुलाधर या पौडेल महासचिव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माधव नेपालको रणनीति : पाण्डे बागमतीको मुख्यमन्त्री, तुलाधर या पौडेल महासचिव

काठमाडौं । नेकपा एमालेको विभाजन बागमती प्रदेश संसदीय दलमा समेत परेको छ । दुई साता अघि सर्वसम्मत रुपमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेश सभामा एमालेको ५६ सांसद रहेसँगै एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य मंगलबार अल्पमतमा परेकी हुन् ।

एमालेबाट विभाजन भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)मा १२ जना सांसदले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । ५६ सांसदमध्ये १२ जनाले समाजवादीको पक्षमा सनाखत गरेपछि अब एमाले संसदीय दल ४४ सदस्यीय भएको छ । योसँगै बागमती प्रदेशमा एमालेले बहुमत गुमाएको छ । बहुमतका लागि ५५ सांसद चाहिनेमा एमालेसँग ४४ सांसद रहे ।

यता १२ जना सांसद रहेको माधवकुमार नेपाल नेतृत्वको समाजवादीबाट मुख्यमन्त्रीका उम्मेदवारलाई २२ सांसद रहेको कांग्रेस र २३ सांसद रहेका माओवादीले समर्थन रहने छ ।

समाजवादीको १२, कांग्रेसको २२ र माओवादीको २३ गरी ५७ सांसद हुनेछन् । जुन सरकार बनाउन आवश्यक पर्ने ५५ सांसदभन्दा दुई सांसद बढी हुन आउँछन् । यस कारण शाक्यलाई हटाएर बागमतीको मुख्यमन्त्रीमा समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन तयारी थालिएको छ । मंगलबार एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरिएसँगै पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ ।

मंगलबार सत्तारुढ एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरेपछि अबको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहन्छ ।

शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने समाजवादीको रणनीति छ । पार्टी र सरकारमा एकै व्यक्तिलाई जिम्मेवारी नदिने माधव नेपालको रणनीतिअनुसार पार्टी महासचिवका दाबेदार पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन लागिएको हो । पाण्डे मुख्यमन्त्री बनेमा समाजवादीको महासचिव गंगालाल तुलाधर र डा. विजय पौडेल मध्ये एक बन्ने छन् ।

कांग्रेस र माओवादीको समर्थनमा बागमती प्रदेशको सरकार परिवर्तन गर्न तयारी गरेका माधव नेपालले सरकारमा समेटेकालाई पार्टी जिम्मेवारी नदिने र पार्टीको जिम्मेवारी लिएकालाई सरकारमा नपठाउने रणनीति लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);