विश्वासको मत लिने समय सार्न एमालेले माग्यो सभामुखसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वासको मत लिने समय सार्न एमालेले माग्यो सभामुखसँग माग

मकवानपुर । बाग्मती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ ।  पार्टीका बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन् ।

पत्रमा निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसपछिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं ६ कात्तिकमा हुने वडास्तरीय अधिवेशन र ९ कात्तिकमा हुने पालिकास्तरको अधिवेशनका कारण सभाको बैठक सार्न भनिएको छ । उनले आफ्ना पार्टीका सांसद भोलि ४ कात्तिकका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक सार्न भनेका हुन् । 

४ कात्तिकमा  विश्वासको मत लिने तयारीमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पार्टी एमाले नै बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठकको समय हेरफेर गर्न माग गर्दै प्रदेशसभाको सभामुखलाई पत्र लेखेको हो । 

२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले विश्वासको मत लिन बिहीबार तयारी भएका बेलामा एमालेले विश्वासको मत लिने समय पर सार्न पत्राचार गरेको हो । एमाले विभाजनपछि १३ जना सांसद (एकीकृत समाजवादी)मा लागेपछि एकल बहुमतको आधारमा सरकारको नेतृत्व गरेकी शाक्य अल्पमतमा परेकी थिइन् ।

बाग्मतीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्छ ।  विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।

सरकार बनाउँनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेकामा ओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन् । प्रदेशसभामा विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् । 

बाग्मतीमा नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । कांग्रेसका इन्द्रबहादुर बानियाँले आधा अवधिका लागि भए पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);