वर्षाबाट प्रभावितलाई राहत दिन एमाले लुम्बिनीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

वर्षाबाट प्रभावितलाई राहत दिन एमाले लुम्बिनीको माग

बुटवल । चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलव्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ ।मनसुन सकिएपछि परेको वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति पुर्‍याएको भन्दै एमालेले प्रदेश सरकारसँग प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन माग गरेको हो ।

एमाले प्रदेश संसदीय दलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रदेशसहित अधिकांश स्थानमा वर्षाका कारण आएको बाढी, पहिरो र त्यसले धनजनमा पुर्‍याएको क्षतिको विवरण उपलव्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई सरकारले बेवास्ता गरेकाले किसानले ठूलो क्षति व्यहोर्नु परेको बताए । “मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरिसकेपछि गाउँगाउँका किसानलाई यसबारे ध्यानाकर्षण गराउनु पथ्र्यो, त्यसो गर्न सकेको भए काटिसकेको धानबाली जोगिने थियो, संभावित क्षति सरकारले रोक्न सकेन, अव उचित क्षतिपूर्त दिनुपर्छ,’ उनले भने । 

लुम्बिनी प्रदेशका खासगरी तराईका जिल्लामा किसानले ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेको भन्दै चौधरीले पीडामा परेका किसानलाई मलमपट्टी लगाउने काम सरकारको भएको बताए ।एमाले संसदीय दलले बुटलको मोतीपुरमा हालै भएको घटनाका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);