मन्त्रिमण्डल पुनर्गठन गरेको विषयमा असन्तुष्टि सुदूरपश्चिम कांग्रेस संसदीय दलको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्रिमण्डल पुनर्गठन गरेको विषयमा असन्तुष्टि सुदूरपश्चिम कांग्रेस संसदीय दलको असन्तुष्टि

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलले प्रदेश सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेको विषयमा असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको आईतबार बसेको बैठकले सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारको आयु लम्बाएको भन्दै असन्तुष्टि जनाएको हो ।

तीन वर्ष फुर्सदमै विताएको प्रदेश सरकारले महामारी नियन्त्रण गर्नकालागि अस्पतालमा वेडकोसमेत व्यवस्था गर्न नसकेको कांग्रेस संसदीय दलले आरोप लगाएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ ।

कांग्रेस संसदीय दलका नेता डा.रावलले सरकारले अहिलेसम्म मजदुरकालागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);