उपप्रधानमन्त्री पोखरेलले लिए उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपप्रधानमन्त्री पोखरेलले लिए उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् ।

यसका साथै, उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने ।

कोरोना भाइरस संक्रमित थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);