सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता शाहमाथि थालियो कारबाही प्रक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता शाहमाथि थालियो कारबाही प्रक्रिया

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेता प्रकाशबहादुर शाहलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । कमिटीले संसदीय दलको नेताको हैसियतमा शाहले गर्ने काम कारबाही स्वीकार नगर्न बिहीबार सभामुखलाइ पत्र पठाएको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापाले लेखेको पत्रमा शाहले पार्टी विरोधी र राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेको र उनीमाथि कारवाही प्रक्रिया समेत थालिसकेको उल्लेख गर्दै संसदीय दलको नेताको हैसियतमा उनीबाट हुने काम कारबाही स्वीकार नगर्न आग्रह गरेको हो ।

संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारवाही वैधानिक नहुने पत्रमा उल्लेख गरिएको छ ।

यसअघि आज नै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव कुमार नेपाल पक्षका १७ सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न निर्देशन दिएको भएपनि संसदीय दलको बैठकले भने भट्टलाई समर्थन गर्ने निर्णय गरेको थियो । नेपाल पक्षका १७ सांसदका कारण सुदूरपश्चिममा भट्ट नेतृत्वको माओवादी केन्द्रको सरकार जोगिएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका ७ सांसदले भने भट्टको विपक्षमा मतदान गरेका थिए । जसका कारण संसदीय दलले ती ७ सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका शाहसहित १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि एमाले सुदूरपश्चिममा विवाद बढेको छ ।

भट्टको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाईं संसदीय दलका नेता समेत रहेका माधव पक्षका नेता शाहले स्पष्टीकरण सोधेका बेला ओली पक्षीय प्रदेश कमिटिले उनीसहित माधव पक्षका १७ जनासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

चित्तबुझ्दो जवाफ प्राप्त नभएमा साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरिने एमालेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);