जीवनमा पद प्राप्ति कहिले पनि ठूलो विषय बनेन : महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जीवनमा पद प्राप्ति कहिले पनि ठूलो विषय बनेन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो राजनीति जीवनमा पद प्राप्ति कहिले पनि ठूलो विषय नबनेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा गृहमन्त्रालय पाउने चर्चामा रहेका बस्नेतको नाम सहभागी नभएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफू पार्टी नीति, नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेर आफ्नो दक्षता देखाएको उल्लेख गरेका छन् ।

बस्नेतले लेखेका छन्, – ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन् । पार्टी नीति , नेतृत्व र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु।’

बस्नेतले आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जित्न सफल भएको दाबी गरेका छन् । उनले मन्त्रीमण्डल पुनर्गठनको समयमा आफ्नो नाम पटक पटक आउने र कतिले समर्थन र कति विरोध गर्ने उल्लेख गरेका छन् । उनले विरोध गर्नेहरुलाई झन् धेरै धन्यवाद दिएका छन् ।

मिडियामा आएजस्तो आक्रोशित र गुट फेर्ने चेतावनी दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको समेत स्पष्ट पारेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);