केपी ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

केपी ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

काठमाडौ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।

नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’
उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए । साथै उनले युवासंघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिए ।

बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको घटनाहरूको एक एक हिसाब गरेर राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।

Leave a Reply