११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन, एमाले फुटाउन खोजे देशभर आगो लगाउने महेश बस्नेतको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन, एमाले फुटाउन खोजे देशभर आगो लगाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवासंघले हालै ब्युँताएको युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ । शनिबार राजधानीको कार्की ब्यांकेटमा आयोजित युथफोर्स उपत्यका कमाण्ड फोर्स घोषणा गरिएको हो ।

युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा एक हजार १ सय १ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका एमाले महासचिव इश्वर पोखरलले युथफोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका थिए ।

त्यसैगरी राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथफोर्स फेरि ब्युँतिदाँ पार्टी भित्र र बाहिरबाट आशंका पालिएको भन्दै धेरै त्रसिन नहुन आग्रह गरेका छन् । युथफोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने वैरीहरूलाई मुठीले नै प्रतिवाद गर्ने बस्नेतको भनाई छ ।

बस्नेतले युथफार्सले सरकारसँग सशकार्य गरेर रचनात्मक काम गर्न तयार रहेको पनि बताएका छन् । उनले भने–‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम ग¥यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ।

बस्नेतले ओली सरकारले एमाले जोगाउन अध्यादेश ल्याउँदा विरोध गरिएको र हाल पार्टी फुटाउन अध्यादेश खारेजीको षड्यन्त्र भईरहेका उल्लेख गरे । उनले एमाले फुटाउने अध्यादेश ल्याइए देशभर आगो बाल्ने चेतावनी समेत दिएका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);