सेनाले गर्‍यो सांगठनिक पुनर्संरचना लागू | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सेनाले गर्‍यो सांगठनिक पुनर्संरचना लागू

काठमाडौँ। नेपाली सेनाले चार ठाउँमा केन्द्रीत हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।

नेपाली सेनाले सांगठनिक पुनर्सरचना काठमाडौँ उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज गरेको हो । अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन्। यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्डको नाम दिएको हो ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक प्रकृया आजबाट सुरु गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले दिए ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ। कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौँ उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य–कमाण्ड, काठमाडौँ उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);