नेपाली सेनाद्धारा प्रहरीलाई ३०० सय थान हतियार हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाली सेनाद्धारा प्रहरीलाई ३०० सय थान हतियार हस्तान्तरण

काठमाडौँ। नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन र सम्बद्ध सामग्री हस्तान्तरण गरेको छ । सोमबार नेपाली सेनाको जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।

थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु महानिरीक्षक थापालाई प्रदान गरेका छन् । नेपाली सेनाले प्रहरीलाई विभिन्न किसिम (राइफल, सब–मेशिनगन र लाइट मेशिनगन) का १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने भएको नेपाली सेनाले जानकारी दिएको हो ।

यस अघि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल प्रदान गरिसकेको छ । तीन चरणमा प्रदान गर्ने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाखमा उपलब्ध गराइने जङ्गी अड्डाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);