भक्तपुरको जंगलमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भक्तपुरको जंगलमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला

भक्तपुर। सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित चमेली जंगलमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जङ्गलमा भेटिएको प्रहरीले जानकारी दिएको हो ।

बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको प्रहरीले जनाएको छ । । मृत्यु भएको व्यक्ति को भनेर हालसम्म पहिचाहन हुन नसकेको र अनुसन्धानको प्रकृया अघि बढाइएको प्रहरीको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);