कमला नदीमा एक पुरुषको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कमला नदीमा एक पुरुषको शव फेला

सिन्धुली, १० असोज । कमला नदीमा डुवेको अवस्था शनिवार एक पुरुषको शव फेला परेको छ । दुधौली नगरपालिका वडा नम्बर–२ बलेनीटारका अन्दाजी ५०-५५ बर्षका वेचुवा माझीको शव फेला परेको हो ।

बलेनीटारका माझि असोज ७ गते बिहान मादल बनाउन भनेर कमला नदी तरेर दुधौली–३, झुंगा आएका थिए । मादन बनायर फर्किने क्रममा असोज ७ गते साँझ उनलाई नदीले बगाएको थियो ।

स्थानीय युवराज भण्डारीका अनुसार प्रहरी, परिवार र गाउँलेको संयुक्त खोजी कार्यपछि दुधौली–१ अन्तर्गत पर्ने गिचियानी र दुधौली–३ अन्र्तगत पर्ने चारघरे नजिक कमला नदीको बीचमा डुबेको अवस्थामा शव फेला परेको हो ।

नदीले बगाएको तीन दिन पछि उनको शव भेटिएको उहाँले जानकारी दिनुभयो । अघिल्लो दिन (शुक्रबार) भलुवाहीबाट माछा मार्न गएको एक समुहले शव देखेको र माझि सम्पर्कमा नआएपछि उनको खोजी भइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुली ल्याईदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);