मेची नदीले बगाएका युवक मृत अबस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मेची नदीले बगाएका युवक मृत अबस्थामा फेला

झापा।  झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्।

मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका(३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोमबार अपराह्न पौने ५ बजे भद्रपुर(४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा रंगिला चोक बस्ने १८ वर्षीय सामुएल भुजेल बेपत्ता भएका थिए।

उनलाई नदीले बगाएको भन्ने खबर प्रहरीले पाएको थियो। सोही खबरपछि प्रहरीको टोली खटिएर खोजी गरेको थियो।

खोज्ने क्रममा उनको शव फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);