झापामा लागुऔषधसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापामा लागुऔषधसहित एकजना पक्राउ

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेची पुलबाट साउन १३ गते सशस्त्र प्रहरीले लागूऔषधसहित भारतको विहार किसनगञ्ज घर बताउने २१ बर्षिय अजय पासवानलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा २ सय १० मिलिग्राम ब्राउन सुगर तथा १० ग्राम गाँजा फेला परेको हो ।

पक्राउ परेका पासवानलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);