सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित पक्राउ

lagu aausadh

रोतहट । रौतहटबाट सशस्त्र प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।सोमबार सशस्त्र प्रहरीले २६ वटा नाईट्रोजन ट्याब्लेटसहित रौतहट राजदेवी नगरपालिका ७ बस्ने १९ वर्षिय दिनेश रामलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले चेक जाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रामलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट जेठ ३१ गते सशस्त्र प्रहरी करीव ५ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामणी ग्रामपञ्चायत घर बताउने ४० वर्षिय लक्ष्मण मण्डल छन् ।

ग ३ प ३३१७ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो ।पक्राउ परेका मण्डललाइ बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);