झापामा लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापामा लागूऔषधसहित एक जना पक्राउ

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका २ देउनिया पुलबाट साउन ११ गते सशस्त्र प्रहरीले तीन बोतल स्कुफ सिरप र नौ वटा निट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ९ बस्ने ३२ वर्षिय ज्वाला थापा छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।    

यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारस्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);