लुम्बिनी सरकारले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनी सरकारले विश्वासको मत लिने

विमल क्षेत्री,
बुटवल । लुम्बिनी प्रदेश सरकारले केही दिनमा विश्वासको मत लिने भएको छ ।

लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले केही दिनमालुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने जानकारी दिएका हुन् ।

प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार वैधानिक ढंगले अघि बढ्ने उनले बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए ।

जनता समाजवादी पार्टी जसपाको विवादमा आयोगले निर्णय गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने बताइएको छ ।

केही दिन अघि जसपाकी सांसद पुरमती ढेंगा मगर एका एक गायव भएपछि सत्तापक्षले लुकाएको भन्ने आरोप लागेको थियो । त्यसैको बचाउ गर्दै प्रवक्ता चौधरीले अपहरण गरेको भन्ने कुरामा सत्यता नभएको समेत स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);